गर्भवतीलाई हेलिकप्टरद्वारा उद्धार

पाँचपोखरी थाङ्पाल गाउँपालिका–६, थाङ्पाल धापलेखर्ककी ३४ वर्षीया गर्भवती पासाङ लामालाई स्थानीय स्वास्थ चौकीमा सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा हेलिकप्टरमार्फत काठमाडौँ लगिँदै । तस्बिरः देवराज सुवेदी(रासस)

सिन्धुपाल्चोक, २२ साउन : पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बिहान ८ बजेदेखि भर्ना गरिनुभएका ३४ वर्षीया पासाङ लामालाई स्थानीय स्वास्थचौकीबाट सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो ।

शिशुको टाउको ठूलो रहेको र मुटुको धड्कन सामान्य नरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिनुभयो । अविरल वर्षाले सडकमा पनि क्षति पु¥याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ । (रासस)