कान्तिपुरमा कार्यरत बरिष्ठ पत्रकार बलराम बानियाँ तीन दिनदेखि बेपत्ता

कान्तिपुर दैनिकका बरिष्ठ संवाददाता बलराम बानियाँ तीन दिनदेखि सम्पर्क बिहिन छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरका अनुसार बुधबार बिहान कान्तिपुर दैनिकले उनी तीन दिनदेखि सम्पर्कमा नरहेको भन्दै उजुरी गरेको छ।
आज बिहानमात्र लिखित रूपमा कान्तिपुरले उजुरी गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेज र एक जना प्रहरीले सोमबार बानियाँलाई बल्खु चोकमा देखेका थिए। प्रहरीले उनीसँग केहीबेर सोधपुछ गरेका थिए।
तनुहँ स्थायी घर भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए। केही समय उनले नागरिक दैनिकमा पनि काम गरेका थिए।