कान्तिपुरका बरिष्ठ पत्रकार बानियाँको शव मकवानपुरको सिस्नेरीमा भेटियो

तीन दिनदेखि बेपत्ता कान्तिपुर दैनिकमा कार्यरत बरिष्ठ पत्रकार बलराम बानियाँको शव मकवानपुरको सिस्नेरीमा फेला परेको छ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले मकवानपुरको सिस्नेरीस्थित बागमती किनारमा उनको शव फेला परेको जानकारी दिएका छन्।
बानियाँ सोमबारदेखि बेपत्ता थिए।
राजनीति र सुशासनमा कलम चलाउने कुशल पत्रकार बानियाँ दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकसँग सम्बद्ध थिए। उनी तनहुँका बासिन्दा हुन् ।