पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं, साउन २८ : नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। 

बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको जानकारी दिए।

मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका १२ की ७८ वर्षीया महिलाको बुधबार किस्ट मेडिकल कलेजमा निधन भएको हो ।

त्यसैगरी धादिङको निलकण्ठ नगरपालिका १४ का ३२ वर्षीय पुरुषको मंगलबार ह्याम्स अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ ।

धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका १ का ७१ वर्षीय पुरुषको उपचारकै क्रममा बुधबार मेडिसिटी अस्पतालमा, जनकपुर उपमहानगरपालिका ८ की ३८ वर्षीया महिलाको बुधबार पाटन अपतलामा मृत्यु भएको हो ।

सप्तरी डाक्रेश्वरी नगरपालिका ८ का ७२ वर्षीय पुरुषको पनि निधन भएको छ । मोरङको बुढीगंगा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार मृत्यु भएको हो ।

त्यसैगरी कपिलबस्तुको कपिलबस्तु नगरपालिका २ का ४२ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतलामा मृत्यु भएको हो।

याेसहित नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९१ पुगेकाे छ।