जिल्ला प्रशासन कार्यालयहरुलाई सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं, साउन २९ : गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।
हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि वितरण नगर्न नगराउनुहुन आदेशानुसार अनुरोध छ, विज्ञप्तिमा भनिएको छ ।
यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तर जिल्ला जान सवारी पास वितरण गर्दै आएको भएपनि कोरोना संक्रमणको जोखिम बढ्सँगै बन्द गरेको हो ।