सिन्धुपाल्चोक पहिरो अपडेट : गाउँका १३ घर पुरियो, १५ जना घाइते, पाँच घरका सबै सम्पर्कविहीन


सिन्धुपाल्चोक, ३० साउन : अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा आज बिहानको ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष श्रीजना तामाङले जानकारी दिनुभयो ।

पहिरोले लामा गाउँ पुरिँदा १३ घरमा पूरै क्षति भएको, १५ जना घाइते आफैँ निस्किएको, उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीय आशबहादुर तामाङले जानकारी दिनुभयो । पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेको कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिनुभयो । जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकप्टरसहित उद्धारमा जाँदै गरेको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनुभयो ।(रासस)

सिन्धुपाल्चोक, साउन ३० : सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ ।

आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले करिब २१  घर पुरेको जुगल वडा अध्यक्ष प्रताप लामाले जानकारी दिए ।

भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको बताईएको छ । उक्त स्थानमा यसअघि पनि पहिरो गएको वडा अध्यक्ष लामाले जानकारी दिए ।

पहिरोमा परी केहि वेपत्ता भएको खबर आएको भएपनि यस’boutमा बिस्तृत विवरण आउन बाँकी छ ।