विष्णु पौडेलको संयोजकत्वमा नेकपाको विवाद मिलाउन कार्यदल गठन

काठमाडौं, साउन ३० : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टीको विवाद समधानका लागि कार्यदल गठन भएको छ।  विवाद समधानका लागि सुझाव पेश गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हो। 

शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा कार्यदल गठन गर्ने सहमति बनेको हो। कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन्।

केपी ओली, प्रचण्ड र माधव नेपाल समूहका दुई दुई जनाको प्रतिनिधित्व हुने गरी गठन भएको कार्यदललाई ५ दिनको समयसीमा दिइएको स्रोतले बतायो।