कोरोना संक्रमितको बाटोमै मृत्यु


जनकपुरधाम, ३० साउन : धनुषामा शुक्रबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको हो।

श्वास प्रश्वासमा समस्या देखिए पछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो। यहाँ निको नभएपछि अस्पतालले उनलाई बिहीबार काठमाडौं रेफर गरेको थियो । काठमाडौँ पुर्याउन नपाउँदै बाटोमै उनको मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ।

यस्तै शुक्रबार नै सर्लाहीमा पनि एक महिलाको कोरोनाबाट मृत्यु भएको छ। योसँगै प्रदेश नं २ मा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ। कोरोनाबाट पर्सामा १९, धनुषामा ७, बारामा ६, सप्तरीमा ३ तथा महोत्तरी, रौतहट र सिरहामा दुई दुई जना र सर्लाहीमा १ जनाको मृत्यु भएको छ।