टेलिफोनमा प्रधानमन्त्री ओली र मोदीबीच कुराकानी

नेपालले लिम्पियाधुरासहितका भूमि समावेश गरेर नक्सा जारी गरेपछि भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ।

प्रधानमन्त्री ओलीले भारतीय स्वतन्त्रता दिवसको अवसरमा टेलिफोन गरी भारतीय समकक्षी मोदीलाई शुभकामना दिएका हुन्। प्रधानमन्त्री ओली र मोदीबीच शनिबार टेलिफोनमा करिब १० मिनेट कुराकानी भएको प्रेस सल्लाहकार सूर्य थापाले बताए।

कुराकानीको बिस्तृत परराष्ट्र मन्त्रालयले जानकारी दिने बताइएको छ।

नेपालले लिम्पियाधुरासहितका भूमि समावेश गरेर नक्सा जारी र निशान छापमा समेत राखेपछि ओली-मोदी कुराकानी भएको थिएन। नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समावेश गरेर भारतले राजनीतिक नक्सा छापेको थियो भने ती भूमि भएर सडकमार्गसमेत खोलेको छ।