थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि मध्ये काठमाडौं उपत्यकामा एक सय ७२ जना संक्रमित

काठमाडौं, साउन ३२ : नेपालमा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार आइतबारमात्रै कोरोनालाई जितेर १३४ जना घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टमा १२ हजार दुई सय ४७ जनाको नमुना पीसीआर बिधिबाट परीक्षण गरिएको छ। 

काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप एक सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा काठमाडौंमा एक सय २६, ललितपुरमा ३८ र भक्तपुरमा आठ जनामा संक्रमण पुष्टि भएको हो। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ। संक्रमितमध्ये १७ हजार ३३५ जना निको भएर घर फर्किएका छन्।