राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं, २ भदौ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । पारिवारिक श्रोेतले जनाए अनुसार मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको छ ।
लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०० वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।