भोलिदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा

काठमाडौं, भदौ २ : काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाइने भएको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार साँझ बसेको संयुक्त बैठकले भोलिबाट निशेषाज्ञा लगाउने निर्णय गरेको हो। निषेधाज्ञा भदौ ३ गते राति १२ बजेदेखि एक सातासम्म जारी रहने छ।

निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन्।