नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, संक्रमितको संख्या ३० हजार माथि

काठमाडौं, भदौ ५ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर एक महिला र १० पुरुष गरी ११ जनाको मृत्यु भएको जानकारी दिए। 

प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट  मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानमा एक महिलासहित ११ जनाको उपचारका क्रममा मृत्यु भएको हो।  

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ।  नेपालमा शुक्रबार थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने  कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ। संक्रमितमध्ये १८ हजार २१४ जना निको भएर घर फर्किएका छन्।

काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १४२, ललितपुरका १५ र भक्तपुरमा २५ जना रहेका छन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ। संक्रमितमध्ये १८ हजार २१४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १३७ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै २५० जना कोरोनालाई जितेर घर फर्किएका छन्।