नेकपा कार्यदलले बुझायो प्रतिवेदन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’द्वारा गठित कार्यदलले अध्यक्षद्वयलाई शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाउँदै । तस्बीर : प्रधानमन्त्रीको सचिवालय(रासस)

काठमाडौँ, ६ भदौ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ ।

महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको सो कार्यदलले सर्वसम्मतिले तयार पारेको सो प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । कार्यदलमा शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य हुनुहुन्थ्यो । यही भदौ १ गतेको नेकपा सचिवालय बैठकले सो कार्यदल गठनलाई अनुमोदन गरी कार्यादेश स्पष्ट गरेको थियो ।

नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वय’bout विवाद उत्पन्न भएकामा अब सहमतितिर ठोस पहल अघि बढेको छ ।(रासस)