पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जना सहित देशमा ७४३ जना कोरोना संक्रमित थपिए भने ८ जनाको मृत्यु भएको छ

काठमाडौं, भदौ ८ : नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १७७, ललितपुरका ३३  र भक्तपुरका १४ जना रहेका छन्। 

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। 

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको जानकारी दिए। 

प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट रुपन्देहीका ३८, ५३ र ५४ वर्षीय पुरुष तथा ६७ वर्षीया महिला, सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला र काठमाडौंकी ४८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।  

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ।  

सोमबार नेपालमा थप  ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ। संक्रमितमध्ये १८ हजार ८०६ जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै  १७५ जना कोरोनालाई जितेर घर फर्किएका छन्।