उपत्यकामा ४१५ जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका ३५०, ललितपुरका ११ र भक्तपुरका ५४ जना रहेका छन्।