उपत्यकामा ६ सहित थप १२ को कोरोना संक्रमणबाट मृत्यु

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। ३ महिला र ९ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ।