कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २३९ पुगेको छ।

जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार महोत्तरीमा २, पर्साका ३ र काठमाडौंका २ जनाको मृत्यु भएको छ भने सिरहा, बारा, चितवन र मकवानपुरमा १–१ जनाको मृत्यु भएको छ।