रुपन्देहीमा एउटै परिवारका १५ जनालाई कोरोना

बुटवल, १७ भाद्र : रूपन्देहीको रोहिणी गाउँपालिका वडा नं ३ मा एउटै परिवारका १५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

सो परिवारका एक पुरुषको भदौ ६ गते मृत्यु भएको थियो। परिवारका बाँकी सदस्यहरुको पीसीआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। मृतकका परिवारका सदस्य, घरमा काम गर्ने कामदार र गाडी चालकमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहका अनुसार संक्रमण पुष्टि भएकाहरु १६ वर्षदेखि ६९ वर्ष उमेरका ८ पुरुष तथा ७ महिला रहेका छन्।