वीरगञ्जमा ९७ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु

वीरगञ्ज, १७ भाद्र : पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट ९७ वर्षीय वृद्धको मृत्यु भएको छ।

बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोलका ती वृद्ध मुटु र दमको रोगबाट पीडित थिए। उनलाई रक्तचापको समेत समस्या थियो। ती वृद्धको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पतालले जनाएको छ।

उनको भदौ १२ गते स्वाब संकलन गरिएको थियो। भदौ १४ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो। योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या ५५ पुगेको छ।