शिक्षण अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १७ भाद्र : काठमाडौको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

काठमाडौँको मैतिदेवीका ७५ वर्षीय वृद्ध र तनहुँकी २० वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको हो। दुवै जनाको मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।

७५ वर्षीय वृद्धमा मधुमेह र उच्च रक्तचापको समस्या थियो। उनी भदौ १५ गते अस्पताल भर्ना भएका थिए। यस्तै २० वर्षीया महिलालाई मिर्गौला र बाथरोगको समस्या थियो। उनी डायलासिस गराउँदै आएकी थिइन्। ती महिला भदौ १६ गते अस्पताल भर्ना भएकी थिइन्।