नेयमारसहित पीएसजीका तीन खेलाडी कोरोनाबाट संक्रमित

एजेन्सी, १८ भदौ : नेयमार र एन्जेल डी मारियासहित तीन फुटबल खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन्।

फ्रान्सको ए डिभिजनको फुटबल क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)का का तीन खेलाडी नेयमार, डी मारिया र लियन्द्रो परअरदेसमा सङ्क्रमण पुष्टि भएको फ्रान्सका सञ्चारमाध्यमहरुले जनाएका छन्। बिदा मनाएर फर्किएपछि तीनै जनामा कोरोना देखिएको हो। अब सबै खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको कोरोना परीक्षण गरिने छ।

युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले लिग वानको नयाँ सिजनको तयारी गरिरहेको छ। पीएसजीले सेप्टेम्बर १० तारिखमा लिग वानमा पहिलो खेल खेल्नेछ।