देशभर थप १०४१ जनामा संक्रमण, उपत्यकामा मात्र ४०८

काठमाडौँ, २० भदौ : पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिनुभएको छ।

काठमाडौं उपत्यकामा मात्र ४०८ जना छन् । यीसहित हालसम्म संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ।हालसम्म ७ लाख ५७ हजार बढीको पिसिआर परीक्षण भएको छ।