काठमाडौं उपत्यकामा ३२६ सहित ९७९ जना थपिए कोरोना संक्रमित, मृतकको संख्या ३०० पुग्यो

काठमाडौं, २२ भदौ : काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका २९३, भक्तपुरका १३  र ललितपुरका २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नेपालमा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप  ९७९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै मृतकको संख्या ३०० पुगेकोछ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ। संक्रमितमध्ये ३० हजार ६७७ जना निको भएर घर फर्किएका छन्।  प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १७३६  जना घर फर्किएका छन्।