थप ९०२ संक्रमित, उपत्यकामा ३९६

पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा ३०७ महिला र ५९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा कुल संक्रमितको संख्या ६ हजार ९१७ पुगेको छ भने ललितपुरमा ९३९ र भक्तपुरमा ७२४ जना छन् ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ।