उपत्यकामा ८ सहित १५ जनाको कोरोना संक्रमणबाट मृत्यु

उपत्यकामा ८ सहित कोरोना भाइरसको संक्रमणबाट नेपालमा १५ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३६० पुगेको छ।