विभीषिका

खै, के भएर हो एकजना मान्छे मर्न नसकेर छटपटाइरहेको थियो । स्थल निर्जन देखिन्छ । यस्तो एकलासे ठाउँमा उसलाई हेरविचार गर्ने कोही छैन ।


शायद कोही छ कि ? एक त्यान्द्रो आसमा उसले पुन एकपटक प्रयास गरेर ’round नियाल्यो । नभन्दै अलि पर एकजना मान्छे रुखको आडमा उभिएको देख्यो । उसले सकिनसकी इशारा ग¥यो ।
त्यो मान्छे निकट आएर उभियो ।

तपाईको केही काम छ ?, उसले प्रश्न ग¥यो ।

छैन ।

हेर्नुस्, म यहाँ मर्न लागिरहेछु । लौन, मेरो सहायता गरिदिनोस् ।, उसले दयनीय अनुरोध ग¥यो ।
त्यो मान्छेले केही भनेन ।

सके मलाई यहाँबाट लानुस् …नभए कुनै डाक्टर बोलाइदिनुस् न …
अझै पनि उसले कुनै संकेत देखाएन ।

मेरो परिवारमा सब छन् ..वृद्ध आमाबाबु स्वास्नी तथा छोराछोरीहरु…
त्यो मान्छे हेरी मात्र रह्यो ।

मेरो नोकुरी छ …अचेल कति मुश्किल छ नोकरी पाउन । तपाईलाई थाहै होला..हेर्नुस् म नभए मेरो परिवार अलपत्र पर्छ ..

अझै पनि ऊ हेरिरह्यो ।

जिन्दगीमा बिहा एकपटक हुन्छ बारम्बार हुन गाह्रो छ । मैले बैंश भोग्नै पाएको छैन ।
त्यो मान्छे त्यसै बसिरह्यो – विना प्रत्युतर । जसले उसलाई असह्य तुल्यायो ।

हैन, तपाई सालिक जस्तै त्यसै किन उभिरहनु भएको ?, उसले त्यो मान्छेको मौनता सहनै सकेन ।
अब भने त्यो मान्छेको अनुहारमा केही परिवर्तन आयो । जुन बुझ्न केही कठिन छ ।
तिम्रो मुत्यु कुरेर बसिरा…, बल्ल ऊ विस्फोटक आवाजमा बोल्यो ।