पाल्पाको रम्भा गाउँमा पहिरोले पुरिएर पाँच जना बेपत्ता

काठमाडौं : पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ मा गएराति पहिरो जाँदा होमबहादुर गाहाको घरमा पुरिएर पाँच जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईका अनुसार ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ । अरु विवरण आएको छैन । ’घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको बताइएको छ ।