पहिरोमा परी स्याङ्जामा ९ जनाको मृत्यु,एक जनाको जीवतै उद्धार
काठमाडौं: अबिरल बर्षासँगै आएको पहिरोमा परी स्याङ्जामा ९ जनाको मृत्यु भएको छ ।
वालिङ नगरपालिका वडा नं १४ स्थित तमादीमा एक घर पुरिदा एकै परिवारका ८ जना सहित ९ जनाको मृत्यु भएको वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाणँले जानकारी दिएकाछन । एक जनाको जीवतै उद्धार गरिएको उनले बताए ।
पहिरोले अर्को एक घरमा पनि क्षति पुर्याएको छ । मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन् ।