थप १ हजार ४९७ कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

काठमाडौँ, ८ असोज : पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६९ हजार ३०१ पुगेको छ। आज ४५७ जना संक्रमण मुक्त भएका छन्। हालसम्म ५० हजार ४११ जना कोरोनाबाट निको भएको गौतमले बताए। मन्त्रालयका अनुसार अहिले देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित रहेका छन्। । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् ।
आज थप १७ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यो संगै हालसम्म मृत्यु हुनेको कुल संख्या ४५३ पुगेको छ।