थप १ हजार ५७३ जनामा कोरोना संक्रमण,१० को मृत्यु
काठमाडौँ, ११ असोज : पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार १२३ जनाकाे पिसिआर परीक्षण गर्दा १५७३ जनामा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ। आज ८८५ जना कोरोनाबाट निको भएका छन्। यससँगै निको हुनेको संख्या ५३ हजार ८९८ रहेको छ भने सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ । जसमा संस्थागत आइसोलशेनमा ८ हजार ३२१ जना र होम आइसोलेशनमा १० हजार ६९८ जना रहेका छन् ।
आज थप १० जनाको कोरोनाका कारण मृत्यु भएको छ। यीसहित हालसम्म मृतकको संख्या ४७७ जना पुगेको मन्त्रालयले जानेको छ।