अहिलेसम्म असल छिमेकीका रुपमा हेरिएको चीनद्वारा नेपाली सीमाको अतिक्रमण : काँग्रेस नेता शाही
जनकबहादुर शाही
हुम्ला, अशोज–२६ : लिमिको ललोङजोङ्गमा नेपाली भूमिमा चीनीयाँ पक्षले सिमा मिचेर भौतीक संरचना बनाएको समाचार आइरहेका बेला नेपाल सरकारले हुम्लाको लिमीमा चीनले भूमि अतिक्रमण नगरेको बताए । अहिलेसम्म असल छिमेकीका रुपमा हेरीएको चीनले नेपाली सीमाको अतिक्रमण गरी चीनले नेपाल माथि विस्तारवाद लागू गरेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य एबं कर्णाली प्रदेश सभा काँग्रेस संसदिय दलका नेता जीवनबहादुर शााहीले बताए । पूर्वमन्त्री समेत रहेका नेता शाहीले एक ठाउँमा नभई धेरै ठाउँमा चीनले बल मिच्याइँ गरेको सिमा अबलोकन गरी फर्के पछि सदरमुकाम सिमकोटमा गरिएको पत्रकारहरुसंगको भेटघाटमा आरोप लगाएका हुन ।
चीनले लिमिको लाप्चा क्षेत्रको दाहिने लाप्चामा रहेको १२ नम्बर पिलर पुन निर्माण गरेको, ९(२) नम्बर पिलरलाई मध्य बनाएर आफ्नो घरवार हालेको ७ (२) नम्बर पिलर कता छ पत्ता लगाउने अबस्था नभएको, ६ ( १), ५ (१) र ५ (२) नम्बर पिलरलाई आफ्नोतिर पारि नेपाली भुमीमा घेरवार गरेकोे प्रत्येक्ष अबलोकन भ्रमणका क्रममा भेटिएको नेता शाहीले बताए।
सधै दक्षिण तिर भारतले नेपाली सिमा मिचेको भन्ने सुनिन्थ्यो । पछिल्लो समय हुम्लामा चिनले नेपाली भुमी अतिक्रमण गर्दै काँग्रेसका केन्द्रीय सदस्य जीवन बहादुर शाहीले छिमेकी चीनले सीमा क्षेत्रमा विस्तारवाद लागू गरेको आरोप लगाएका छन ।
चीनसँगको सीमा क्षेत्रमा रहेका पीलरहरुको स्थलगत अवस्थाको अवलोकन गरेर सदरमुकाम सिमकोट फर्केपछि नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता शाहीले एक ठाउँमा नभई धेरै ठाउँमा चीनले बल मिच्याइँ गरेको र सिमा क्षेत्र हिल्सामा रहदै आएका नेपाली सुरक्षाकर्मीहरुलाई पिलरहरुको अनुगमन गर्न जानेक्रममा ढुङ्गाले हानेर सिमा स्थम्भ स्थलतिर जान नदिएर अभद्र व्यवहार प्रस्तुत गरेर उनले बताए।
अशोज १४ गते सिमकोटबाट सिमा अबलोकनका लागि गएका नेता शाहीले नेपाली भूमि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी क्षेत्रको लाप्चामा पर्ने ललोङजोङमा पुगेपछि चिनियाले बनाएका घरहरु नेपाली भू–भागमै पर्ने दावी गर्दै सरकारले दुवै देशका सीमा विज्ञ र स्थानीयको उपस्थितिमा यताशक्य चाँडो अध्ययन तथा अनुगमन गर्न समेत सरकारलाई माग गरेका छन् ।
अहिले सीमा क्षेत्रमा रहेका पिलरको अवलोकन गर्दा चीनले औँला मागेर हत्केला निल्ने नीति अबलम्बन गरेको र सीमा क्षेत्रका नेपालीलाई पिलरका ’boutमा नबोल्न समेत चीनले धम्की दिने गरेको पाइएकाले उनले पहिले पिलरलाई घेरबार गर्ने पछि नेपाली पक्षको उपस्थिति नहुने देखिएपछि त्यसलाई आफुखुसी सार्ने रणनीतिमा चिनियाँ पक्ष रहेकोे बताए ।
अहिले चीनले मिचेको सिमाका सम्बन्धमा नेपालमा राजनीति दल भन्दामाथि उठेर राष्ट्रियताको पक्षमा बुलन्द आवाज उठाउने बेला आएको हुदा सिमा अबलोकन पछि आफूले तयार पारेको स्थलगत प्रतिवेदनलाई जिल्लामा सर्वदलीय बैठक, स्थानीय अधिकारीहरुसंगै केन्दैमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, नेपाली काँग्रेसका सभापति, नेकपाका अध्यक्ष प्रचण्ड लगाएका नेताहरुलाई पनि पेश गर्ने नेता शाहीले बताए ।
देश नै नरहे हामी कोही पनि नरहने स्पष्ट पार्दै नेता शाहीले यो आवाजलाई सधैँ उठाइ रहने प्रतिबद्धता जनाउदै उत्तर र दक्षिण समान मित्र हुन अन्याय गर्ने जो कोहीका विरुद्ध डर नमानी सबैलाई लाग्न आग्रह गरका छन ।
चीनले हाम्रो भूमि अतिक्रमण गरेको छ । अहिले भवनहरू बनेको भन्दा २–३ किलोमिटर चीनतर्फ २०६६ सालमा हामीले सडक बनाएका थियौं । त्यतिबेला साविक लिमी गाविस र स्नोल्याण्ड एकिकृत बिकास केन्द्र (क्क्ष्म्ऋ) नामक संस्थाको संयुक्त पहलमा सडक बनेको थियो । सो सडक निर्माण गर्न प्रयोग गरिने डोजर ािनको बाटो भएर ल्याईएको थियो । यदि त्यो भुमी चिनको भए किन त्यतिखेर सडक निर्माण गर्न दियो ।
अहिले आएर त्यो सडक आफ्नो हो भन्दै त्यस भन्दा यता ९ वटा भवन बनाइसकेको छ । हाम्रो भुमी नमिचि हामीले चीनसँग निहुँ खोज्न लागेका होइनौं । चिनले हाम्रोे अतिक्रमित भूमि फिर्ता गर्नै पर्दछ । यसका लागि दुबै देशले विज्ञ सम्मिलित टोली पठाउनुपर्छ । एक इञ्च पनि हाम्रो भूमि दिँदैनौं भन्नेले हाम्रो भिमीकिन मिचे यसका लागि चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयले चाँडो भन्दा चाँडो पहल गर्नु पर्नेनेता शाहीले बताए ।




