किन मागे माफी जनतासँग आँशु झार्दै विश्वकै कठोर नेता किम जोङले ?

काठमाडौं, असोज २७ : सामान्तया हतियारसँग जोडिएका निर्णय र कठोरताका कारण उत्तर कोरियाली शासक किम जोङ उनलाई चिनिन्छ। तर शनिबार भएको सैन्य परेडका क्रममा भाषण गर्दा गर्दै उनी भावकु बने। यो सम्भवत पहिलो घटना हो। जब विश्वले उत्तर कोरियाका नेता किम जोङ उनलाई सार्वजनिकरुपमा भावुक भएको देख्यो।
आफ्नो भाषणमा उनले बलिदान गर्ने सैनिकलाई धन्यवाद दिए। आफ्नो सम्बोधनमा उनले उत्तर कोरियाका जनताको जीवन राम्रो बनाउन नसकेकोमा नागरिकसँग माफीसमेत मागे। समचार एजेन्सी रोयटर्सका अनुसार किम जोङ उनले आफ्नो पार्टीको ७५ औं वार्षिक उत्सवको अवसरमा नागरिकलाई सम्बोधन गर्दै विनाशकारी तुफान र कोरोना भाइरसको महामारी प्रसारलाई रोक्न महत्वपूर्ण भूमिका निभाउने सेनालाई धन्यवादसमेत दिए।
स्टेट टेलिभिजन स्टेशनले एक भिडियो फुटेज जारी गरेको छ। उक्त फुटेज एडिट गरिएको छ। जसमा किमको आँखामा आशु देखिन्छ। एक समय त यस्तो लाग्छ उनको गला अवरुद्ध भएको छ र उनी आँशु पुछिरहेका छन्। जारी भिडियोमा उनी आभार प्रकट गरिरहेका हुन्छन्। ‘म आभारी छु की एक जना पनि उत्तर कोरियाली नागरिक कोरोना भाइरसबाट संक्रमित भएनन्।’न्युज एजेन्सी रोयटर्सका अनुसार किमले माफी मागिरहँदा दर्श दिर्घामा बसेका धेरै मानिसको आँखामा आँशु देखिएको थियो।
किमले आफ्नो सम्बोधनको क्रममा नागरिकसँग माफी माग्दै भनेका छन् की कोरोना रोकथामको उपाय, अमेरिकी प्रतिबन्ध र केही तुफानका कारण उत्तर कोरियालीको जीवनमा सुधार ल्याउने आफ्नो बाचा पुरा गर्न सकिएन। ‘मेराे प्रयास र सोच सँधै मानिसको कठिन जीवनबाट छुटकारा दिलाउनु थियो। तर मेरो प्रयास पर्याप्त भएन। यसका बाबजूद हाम्रा जनताले हामीमाथि पुरा भरोसा देखाए र हर कदममा मेरो फैसलाको समर्थन गरे।’
परमाणु हतियार र ब्यालेस्टिक मिसाइल कार्यक्रमका कारण उत्तर कोरियामाथि पहिलेदेखि नै अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको छ। जसको सिधा असर उत्तर कोरियाको अर्थ व्यवस्थामा परेको छ। यसका साथै कोरोना भाइरसको महामारी रोक्नका लागि गरिएका प्रयासका कारण देशका सबै सीमा क्षेत्रमा यातायात बन्द छ। यसका कारणले समेत उत्तर कोरियाको अर्थ व्यवस्था अझ खराब स्थितीतर्फ उन्मुख छ।
संयुक्त राष्ट्रसंघले भनेको छ की उत्तर कोरियका करिब ४० प्रतिशत भन्दा धेरै मानिस खानाको कमिसँग जुधिरहेका छन्। गर्मी र बाढीका कारण यो तथ्यांक अझै बढ्न संक्ने राष्ट्रसंघको दाबी छ।