रानी जस्तै रानीपोखरी

मल्लकालको चिनारीको रूपमा रहेको रानीपोखरीले पुनर्जीवन पाएको छ । हालैमात्र पुनर्निर्माण सम्पन्न भएको  रानीपोखरी विसं १७२७ मा राजा प्रताप मल्लले निर्माण गर्न लगाएका थिए । 

२०७२ सालको भूकम्पमा क्षति भएको रानीपोखरी र यसमा अवस्थित बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा पुनर्निर्माण गरिएको छ । ग्रन्थकुट शैली यस मन्दिरको प्राचीन र वास्तविक शैली हो ।

 
यसअघि जंगबहादुर राणाले ग्रन्थकुट शैलीमा रहेको मन्दिरलाई गुम्बज शैलीमा पुनर्निर्माण गर्न लगाएका थिए । पछि १९९० सालको भूकम्पमा गजुरमा क्षति पुगेपछि पोखरी परिसरलाई जुद्धशमशेर राणाले अर्को स्वरुप दिए- जुन ०७२ को भूकम्प अघिसम्म रह्यो ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीले अब रानीपोखरीलाई मोडल मानेर अन्य सम्पदाको पनि पुनर्निर्माण गरिने बताएका छन् । 


रानीपोखरी कात्तिक ५ गते (भोलि बुधबार) उद्घाटन हुँदै छ ।