ऐना

नवनियुक्त शासकले भन्यो– यो ऐनालाई हटा यहाँबाट ।
के भो हजुर ?, सेवकले सोध्यो ।
कस्तो ऐना यो ? अनुहारै राम्रोसंग देखिंँदैन । जतिखेर हेरे पनि नमिल्दो मात्र देखिन्छ ।
फोहोर भएर होला हजुर भन्दै सेवकले ऐना टिलिक्क पारेर पुछपाछ ग¥यो ।
भोलिपल्ट पनि शासकले ऐनामा आफ्नो अनुहार राम्रोसँग हेर्न पाएन ।
शासकले ऐना ओल्टाइपल्टाइ हे¥यो । तैपनि ऐनामा अनुहार मिलेजस्तो लागेन ।
के हो ? राम्रोसँग ऐना पुछेनौ ? अनुहार अर्कै अर्कै पो देखिन्छ त ।, शासकले झर्कन्दै भन्यो ।
यो ऐना पुरानो भो, हजुर । यसमा लागेको फोहोर सामान्य टालोले जाला जस्तो लागेन हजुर, नजिकको सेवकले भन्यो ।
त्यसपछि नयाँ टालोको लागि बजेट निकासा भयो । कामदारहरुले ऐनालाई टिलिक्क पारेर पुछपाछ ग¥यो ।
दुईचार दिनपछि नवोदित शासक पुनः गर्जियो – अब त हदै भो । यो ऐनै ठीक छैन ।
के भो हजुर !
खै त ऐनाले सफा अनुहारै देखाएन । कसरी पुछ्यौ तिमीहरुले ?
त्यसपछि एउटा आयोग बन्यो । आयोगबाट निष्कर्ष निकालियो – दोष अनुहारको होइन ऐनाकै हो ।
अब त्यहाँ एकपछि अर्को ऐना फेर्ने प्रक्रिया सुरु हुन थाल्यो ।