कोरोना संक्रमणबाट पाल्पामा थप एक जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट पाल्पामा थप एक जनाको मृत्यु भएको छ।
रामपुर नगरपालिका-७ का ४४ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेजमा मंगलबार उपचारका क्रममा मृत्यु भएको हो।
कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज भर्ना गरिएको र उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए।
ती पुरुषमा निमोनियाको समस्या रहेको थियो। योसँगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।