कोरोना संक्रमण भएपछी मनोज गजुरेलको आईसियूमा उपचार हुँदै

चर्चित स्ट्यान्डअप कलाकार मनोज गजुरेलको कोरोना भाइरस संक्रमणले स्वास्थ्य अवस्था गम्भीर भएको छ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको उनलाई थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो।

संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको जानकारी गजुरेलका निकट मित्र टंकराज आचार्यले दिएका छन् ।

आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए।