तिहार फूलहरुको मौसम (फोटो फिचर)

काठमाडौंको इचंगु तथा भक्तपुरको गुन्डु अहिले सयपत्री तथा मखमली फूलहरुले ढकमक्क भरिएको छ । बर्षको अन्य समयमा पनि यहाँ फूलहरु फुलेपनि तिहार पर्वको आगमन संगै फाँटभरि सयपत्री तथा मखमली फूलहरु देख्न सकिन्छ ।

तिहार पर्वले दुवै क्षेत्रका किसानहरुलाई फूलहरु विक्रि वितरण गर्न भ्याई नभ्याई हुन्छ । विदेशमा समेत निर्यात हुने मखमली फूलहरु यस बर्ष कोरोनाका कारण छठ सम्म भएनि माग हुने गुन्डुका किसानहरु बताउँछन् ।

तिहार पर्वको आगमनले विगत सात महिनादेखि कोरोनाका कारण अस्तव्यस्त रहेको नेपालीहरुको जनजीवनलाई सयपत्री तथा मखमली फूलहरुको सौन्दर्यताले केही भए पनि राहत मिल्नेछ ।