डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण

हाडजोर्नी विशेषज्ञ तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण  पुष्टि भएको छ।

बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि पिसिआर परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको थियो । 

उहाँलाई श्वासप्रश्वासमा समेत समस्या आएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ ।

डा केसीले चिकित्सा शिक्षा सुधारका लागि विगत लामो समयदेखि आवाज उठाउँदै आइरहेका छन्।