प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुग्यो : शंकर पोखरेल

काठमाडौं, कात्तिक २९ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्। 

स्थायी कमिटी सदस्य पोखरेलले अध्यक्ष प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरीत सचिवालय बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगीन आरोपसहित एकल प्रस्ताव गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति भइरहेको बताएका छन्। 

शनिबार फेसबुकमार्फत मुख्यमन्त्री पोखरेलले पार्टीका प्रथम अध्यक्षविरुद्धमा संगिन आरोपसहित एकल प्रस्ताव पेश गरेपछि त्यसले पार्टी एकता गम्भीर मोडमा पुगेको सिंगो पार्टीं पंक्तिले अनुभूति गरिरहेकाले फिर्ता लिन अर्का अध्यक्ष प्रचण्ड आग्रह गरेका हुन्। उनले पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफलाई अघि बढाउन पनि प्रचण्डलाई आग्रह गरेका छन्।

‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्,‘व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य बुझ्न अनुरोध छ