प्रचण्डलाई गोकुल बाँस्कोटाको घुमाउरो धम्की : फिर्ता लिने वा गंभीर तनावको यात्रा रोज्ने ?
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पछिल्लो विवाद फेरी उत्कर्षमा पुगेको छ । सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले लेखेको पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भिर आरोप लगाउनु भएको छ ।
बिना कुनै प्रमाण आरोप लगाएपछि नेकपा वृत्तमा यतिबेला खैलाबैला मचिएको छ । सो पत्र फिर्ता लिन प्रचण्डलाई चर्को दबाब परिरहेको छ । यसैक्रममा पूर्वमन्त्री एंव नेकपा नेता गोकुल बाँस्कोटाले आरोप फिर्ता लिने वा गम्भीर तनावको यात्रा रोज्ने ? भनेर छनौट गर्न प्रचण्डसँग आग्रह गरेका छन् ।
उहाले प्रचण्डका अप्रमाणीत आरोपको पुुलिन्दाले अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक, सांगठनिक र मनोवैज्ञानिक आधार सम्पुर्ण रूपमै समाप्त पारेजस्तो देखिएको बताए ।
अविस्वास प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणीत आरोपको पुलिन्दा हेर्दा अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक, सांगठनिक र मनोवैज्ञानिक आधार सम्पुर्ण रूपमै समाप्त पारेजस्तो देखियो । फिर्ता लिने वा गंभीर तनावको यात्रा रोज्ने ? मर्जी आफ्नै त हो। (जनता टाइम्स)