मोडर्ना कम्पनीको खोप कोरोना विरुद्ध ९५ प्रतिशत सुरक्षित घोषणा

काठमाडौं, मंसिर १ : अमेरिकी कम्पनी मोडर्नाले बनाएको कोरोना भाइरस विरुद्धको खोप झण्डै ९५ प्रतिशत सुरक्षित भएको घोषणा गरेको छ। 

मोडर्नाले केही हप्तामा खोपको स्विकृतिको लागि प्रक्रिया समेत अघि बढाउने बताएको छ । ‘यो निकैनै उत्साहपूर्ण परिणाम हो,’ वरिष्ठ अमेरिकन सरुवा रोग विज्ञ डा. एन्टोनी फाउचीले सीएनएनसँग भनेका छन् ।

मोडर्नाले ३० हजार मानिसहरुमा गरेको परिक्षणमा ९५ दशमलव ५ प्रतिशत सफल भएको बताएको छ।

यसअघि अमेरिकन कम्पनी फाइजर र जर्मन कम्पनी वायनटेकले सयुक्त रुपमा बनाएको कोरोना विरुद्धको खोप ९० प्रतिशत सफल भएको घोषणा गरेको थियो । 
 
सीएनएनका अनुसार मोडर्नाले बनाएको खोप र फाइजरले बनाएको खोपको विधि एउटै हो। तर फाइजरले बनाएको खोप माइनस ७० डिग्रि सेल्सियस कोल्र्ड मेन्टन गर्नुपर्छ भने मोडर्नाको खोपमा कोल्र्ड चेन माइनस २० डिग्रि मात्रै मेन्टने गरे हुने बताइएको छ।

अमेरिकी सरकारले यस भ्याक्सिनको उत्पादनका लागि मोर्डनालाई १ अर्ब अमेरिकी डलर  प्रदान गरेको थियो। 

अमेरिकाको नेशनल हेल्थ इन्स्टिट्युसनको संलग्नतामा समेत भएको परीक्षणले मोर्डनाको खोप सुरुमा बाँदरमा परीक्षण गर्दा खोप लगाएको बाँदरमा कोरोना संक्रमण नदेखिएको भेटिएको थियो।  त्यसपछि मार्चमा कम्पनीले मानिसमा दोस्रो चरणमा खोपको परीक्षण गरेको  थियो। दोस्रो चरणको परीक्षणबाट समेत सकारात्मक नतिजा पाएपछि गत जुलाइमा अमेरिकाका ८९ ठाउँका ३० हजार मानिसमा खोप लगाइएको थियो।