छतमै सकियो छठ (फोटो फिचर)

शुक्रबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले शनिवार पूर्व क्षितिजबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकिएको छ । कोरोना भाइरस महामारीका कारण यस वर्षं छठपूजाको रौनक कम रह्यो ।

छठघाटमै गएर शिरसोप्ताको पूजा, छठी मैयाको आराधना र सूर्यको उपासना गर्ने कतिपयले यसवर्ष घरको छत र आँगनमै पर्व मनाएका छन् । । धेरैले घरमै सांकेतिक जलासय वा कृतिम तलाउ बनाएर पूजा गरेका छन् । सरकारले कोरोना महामारीको कारण देखाउँदै छठका सार्वजनिक कार्यक्रमहरु नराख्न आग्रह गरेपछि भक्तजनहरु नदीकिनारहरुमा फाट्टफुट्टमात्र देखिए ।

जे होस सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईमधेसवासीहरुको महान चाड छठको उल्लास यस वर्षं  सकिएको छ ।