ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री जोशी साधारण तारेखमा रिहा

काठमाडौं, मंसिर ८ : बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा रिहा भएका छन्। 

विशेष अदालतमा हाजिर भएका पूर्वमन्त्री जोशी साधारण तारेखमा रिहा भएका हुन्। अदालतमा हाजिर भएका पूर्वमन्त्री जोशी सोमबार नै साधारण तारेखमा छुटेका हुन्।

तत्कालीन भूमिसुधारमन्त्री हुँदा समरजंग कम्पनीको नाममा रहेको जग्गा पशुपति टिकिन्छा गुठीमा लग्ने प्रस्ताव मन्त्रिपरिषद् लगेको अभियोगमा अख्तियारले जोशीविरुद्ध सात करोड आठ लाख ४८ हजार रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता गरेको थियो।  

तर, पूर्वमन्त्री जोशीले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा आफू दोषी नरहेको दाबी गरेका थिए। 

बालुवाटारको एक सय ३६ रोपनी सरकारी जग्गा हिनामिनामा दोषी ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीसहित १७५ जनालाई प्रतिवादी कायम गरेर गत २२ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।