कास्मिरको आतंककारी हमलामा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

भारतीय सेनामा कार्यरत एक नेपाली युवाको कास्मिरमा आतंककारी हमलामा परी मृत्यु भएको छ। 

आतंककारी हमला परी तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको मृत्यु भएको हो। 

केसीको समूहमाथि जम्मु कास्मिरमा शुक्रबार बिहान ५ बजेतिर  हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जानकारी दिइएको छ। 

बिहान ९ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गोली लागेको भनेर खबर दिएको थियो। तर परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा मृत्यु भइसकेको भन्ने जानकारी दिएका थिए। 

आतंककारी हमलामा भारतीय अर्का एक सैनिकको पनि मृत्यु भएको छ।

भाइको शव लिनका लागि घरबाट उनका बुवा लालबहादुर केसी भारत हिँडिसकेका छन्। शव शनिबारसम्म आइपुग्ने बताइएको छ ।  

प्रेमका ७ वर्षीया छोरी र ५ वर्षका छोरा छन्।