नारायणगोपालको सम्झना १९ मंसीरको वियोगान्त संयोग
काठमाडौं । स्वरसम्राट नारायणगोपाल र भजन शिरोमणि भक्तराज आचार्य नेपाली गीत-संगीत विधाका उच्चकोटीका प्रतिभा हुन् । यी दुबै लोकप्रिय गायक त हुन् नै सँगसँगै संगीतकार पनि ।

भाषा, संस्कृति, भूगोल र परम्पराको सुक्ष्म ज्ञान भएका यी सदाबहार गायकले गीत तथा संगीतको गुदी परख नगरी कहिलेपनि त्यसमा हात नहालेको सम्झना गर्छन् उनीहरुलाई नजिकबाट बुझेका स्वजनहरु ।

नारायणगोपाल र भक्तराज आचार्य जस्ता गायकको फरक विशेषता भएको कर्णप्रिय आवाज उही दिन र एउटै समयमा अवरुध्द भएको सुनाउँछन् युवा गायक संगीतकारद्वय सत्यराज र स्वरुपराज आचार्य । एकवर्षको अन्तरालमा १९ मंसीरको राती साढे नौ बजे फरक घटनाले यी महान गायकको स्वर टक्क रोकिएको र पूर्णबिराम लागेको उनीहरुको भनाई छ ।

के थियो त्यो वियोगान्त संयोग ? यसको खुलासा गरेका छन् सत्य र स्वरुपले दृश्य टेलिभिजनसँगको वार्तालापमा । नारायणगोपाल र भक्तराज आचार्य’bout थाहा नभएका अनेक रोचक सन्दर्भ जान्न यो रोचक वार्ता हेरौं दृश्य टेलिभिजनमा