बोझ
निक्खर मध्यरात । चारैतिर सुनसान छ । बस, आवाजको नाममा एकजना मान्छे लफ्¥याक ..लफ्¥याक हिंडिरहेको मात्र । त्यो पनि हलुका चाप ।
उसको हातमा एउटा वस्तु छ – लगभग निर्दयताका साथ घिसार्दै ल्याइरहेको । उक्त वस्तु के हो ’bout निक्र्यौल गर्न कठिन हुनेछ – हाँडी घोप्ट्याइएको भन्दा अझ घना अँध्यारो रातमा । तैपनि त्यो वस्तु घिसारिएको बाहेक त्यसबाट केही छटपट गरे जस्तो अथवा केही हिक्क–हिक्क छाडे जस्तो सुनिन्छ ।
एक ठाउँमा पुगेर ऊ टक्क रोकियो । चारैतिर टाउको घुमायो । भन्न सकिन्छ – त्यो हतपती मान्छेहरु नआउने ठाउँ रहेछ । कारण त्यहाँ पुग्दा नाक मुख थुन्नुपर्ने अवस्था आइपर्छ । मसान जस्तो महसूस हुनुको कतै आसपास फोहर नाला बगिरहेको छनक हावाबाट पाइन्छ । उसले घिसार्दै ल्याएको त्यो बस्तुलाई जोडसँग भुँइमा थचा¥यो ।
वस्तु थचारेको केही बेर छटपट गरेर चलमलायो बगरबीचको माछो जस्तै । उसले पुनः उठाएर त्यसलाई थचा¥यो ।
यसैबेला कोही आयो झारपातहरु कुल्चंदै । रातको भयङ्करतामा त्यो आवाज झन डरलाग्दो भएर फैलियो ।
आवाजतर्फ कानको लगतै आँखा तेर्सायो । ऊ केही झस्किसकेको थियो ।
– के गरिरहेको ?, आकार केही देखिएन । केवल आवाज मात्र सुनियो ।
– म… म सत्यलाई फ्याल्न आएको …
– किन ?
– कारण, सत्य अधमरो भइसक्यो । केही नगरी सधैं कोठाको एउटा कुनामा कोचिइरहन्छ । त्यसको शरीरभरि स्याउँस्याउँती कीराहरु भइसके । शरीरभरि छियाछिया भएर फैलिएका घाउहरुबाट पीप बगेर डुङ्गडुङ्गती गन्हाइसक्यो । अ अब त्यसको भार बहन गर्न असमर्थ छु । अतः म त्यसलाई यहाँ फ्याल्न आएको ..।
– यो कार्य दिनमा पनि त गर्न सकिन्छ .. !
– म चाहन्छु , सत्यको मृत्युको कुरा अरुले थाहा नपाऊन् ।
त्यसपछि आवाज आएन र झारपातहरु मिचिएको स्वर फैलियो ।
००