विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ अब ८८४८.८६ मिटर
सगरमाथाको नयाँ उचाइ ८६ सेन्टिमिटर बढेको छ । नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरे अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको छ ।
उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको भए पनि फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेको हो ।
चीनसँग परराष्ट्रय मन्त्रालयले समन्वय गरेर आज संयुक्त घोषणा गरेको हो ।
यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो । सगरमाथाको उचाइ’bout विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो ।
सगरमाथाको उचाइ नेपाल र चीनमा एकै साथ उद्घाटन हुने सहमति २०१९ को अक्टोबरमा भएको थियो ।