डिआइजी विश्वराज पोखरेल एआइजीमा बढुवा

काठमाडौँ: सरकारले नेपाल प्रहरीको एआइजीमा डिआइजी विश्वराज पोखरेललाई बढुवा गरेको छ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन विपरीत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई एआइजी बनाउने निर्णय गरेको छ।

बुधबार सुशासन समितिले अध्यादेशबाट कानुन संशोधन गरेर विभागीय मन्त्रालयको सिफारिस विनै एआइजी पद सिर्जना गर्ने निर्णय विधिको शासन विपरीत रहेको ठहर गर्दै एआइजीको दरबरन्दी थप्ने निर्णय कार्यान्वन नगर्न निर्देशन दिएको थियो।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई बढुवा गर्दै कार्य एवं अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको जिम्मेवारी भने अपराध अनुसन्धान विभागका एआईजी हरिबहादुर पालले पाएका छन् ।