अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत, संसदको विशेष अधिवेशनको माग पनि फिर्ता

काठमाडौं, पुस १ : प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन्। 

बालुवाटारमा स्थायी कमिटीको बैठकअघि दुई अध्यक्षबीच भएको भेटमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएका हुन्। प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति भएको छ।